नियम २४
अभिलेख राख्नु पर्ने
: प्रतिष्ठानले आफ्नो प्रतिष्ठानमा कार्यरत अपाङ्गता भएका व्यक्तिको ऐनको दफा २६ को उपदफा (१) मा उल्लिखित विवरणका अतिरिक्त देहाय बमोजिमको विवरण समेत खुलाई अभिलेख राम्नु पर्नेछ :-
(क) अपाङ्गता भएका व्यक्तिको नाम, थर, ठेगाना र पद,
(ख) सेवाको प्रकार (स्थायी/अस्थायी/करार/ज्यालादारी),
(ग) अपाङ्गताको वर्गीकरणको आधारमा प्रदान गरिएको परिचयपत्रको किसिम (पूर्ण अशक्त अपाङ्गता/अति अशक्त अपाङ्गता/मध्यम अपाङ्गता/सामान्य अपाङ्गता),
(घ) प्रतिष्ठानमा भर्ना भएको मिति,
(ङ) प्रतिष्ठानमा दिएको जिम्मेवारी,
(च) प्रतिष्ठानबाट निजलाई उपलब्ध गराइएको सेवा, सुविधा,
(छ) प्रतिष्ठानले आवश्यक देखेको अन्य विवरण ।